Statistics shows that countries who lost Monarchy are not stable. The reason could be lack of leadership, failure to secure people’s trust, nepotism and corruption.
Examples: Iran, Iraq, Afghanistan, Korea, Darfur, Serbia, Mongolia, Yugoslavia, Vietnam, Bulgaria, Romania, Egypt, Rwanda, Yemen, Nigeria, Uganda, Libya, Cambodia, Ethiopia, Laos, Central Africa, Rwenzururu
(Russia and China as well, with their communist dictatorship) #Nepal #NepalMonarchy #KingGyanendra
- Rajendra Karna
संविधानसभा भाँड्दै राजासँग मिलेर सत्ता हत्याउन चाहन्थे प्रचण्ड–बाबुराम
किरण भण्डारी र युवराज घिमिरे print
3978
336
1
4337
Get News Alerts
आफ्नो ज्यान हत्केलामा राखेर राजासँग लडेका माओवादीले अख्तियारमा कसरी लोकमानसिंह कार्कीलाई रोजे त ?
यो एउटा यस्तो प्रश्न हो जसले यतिखेर आम मानिसको दिमाग चकराइरहेको छ ।
प्रचण्ड–बाबुरामको लोकमान मोह राजनीति र राजकाज बुझेकालाई भने अनौठो लाग्दैन ।
लोकमान त के, माओवादीले संविधानसभा निर्वाचनको मुखैमा पूर्वराजा ज्ञानेन्द्रसँग सम्झौता गरेर सत्ता हत्याउन खोजेका थियो। संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाले सत्ता छाड्न आनाकानी गरिरहँदा पनि उनीहरूले राजा गुहारेका थिए ।
प्रचण्ड र बाबुरामले सत्ता साझेदारीको प्रस्ताव कमल थामार्फत तत्कालीन राजासमक्ष पु¥याएका थिए । राप्रपा नेपालका अध्यक्ष थापाले पाँच वर्षपछि सेतोपाटीसँग त्यसको खुलासा गरेका छन् ।
प्रचण्ड र बाबुरामले संविधान सभा निर्वाचनको मुखैमा राजासँंग हारगुहार गरेका थिए । उनीहरूको एजेन्डा थियो– जसरी पनि निर्वाचन भाँड्ने, राजा र माओवादी मिलेर देश हाँक्ने ।
थापाका अनुसार २०६४ चैत पहिलो साता उनैले माओवादी नेताद्वयको प्रस्ताव राजा ज्ञानेन्द्रकहाँ पु¥याएका थिए । चैत २८ गते संविधानसभा निर्वाचन थियो ।
‘राजाको तर्फबाट मैले नै प्रचण्ड– बाबुरामसँग काठमाडौंमा पटकपटक कुरा गरेँ,’ थापाले भने, ‘उनीहरूले राजा र हामी मिलेर कांग्रेस, एमालेलाई क्रस गरेर जान सकिन्छ भनेका थिए ।’
निर्वाचनको व्यस्तताबीच भएको दोस्रो भेटमा बाबुरामले भने, ‘राजाले ‘हुन्छ’ मात्र भन्ने हो भने हामी समावेशी लगायत विभिन्न निहुँ झिकेर सडकमा आउँछौं, निर्वाचन भाँड्दिन्छौं ।’
आफूबाहेक राजाको पारिवारिक च्यानलबाट पनि माओवादीले निर्वाचन भाँडेर ज्ञानेन्द्रसँग सहकार्यको प्रस्ताव गरेको थापाले बताएका छन् ।
‘हामीलाई निर्वाचनमा हराएर कांग्रेस, एमालेले सिध्याउँछन्,’ थापा माओवादी नेताहरूको भय सम्झिन्छन्, ‘यो सहकार्यमा राजा र हामीलाई फाइदा छ ।’
थापाका अनुसार बाबुरामले निकालेको सहकार्यको मोडेल यस्तो थियो, ‘माओवादीले सडक तताउने । भाँडभैलो गर्ने । राजाले सेना लगाएर हस्तक्षेप गर्ने ।’
राजाको अवस्था निलम्बित नै भए पनि सडकमा भाँडभैलो भएपछि राजाले नै सेनाको साथ पाउने माओवादी नेताद्वयको विश्लेषण थियो ।
‘मैले माओवादीका सबै कुरा नारायणहिटी पुर्याएँ,’ थापा भन्छन्, ‘ठूलो रक्तपात हुन्छ भनेर राजा ज्ञानेन्द नकस्सिएपछि माओवादी प्रस्ताव तुहियो ।’
थापाका अनुसार माओवादी संविधानसभामा तेस्रो स्थान आउनेमा पनि विश्वस्त थिएन । निर्वाचनपछि कांग्रेस, एमालेले ‘सिध्याउँछन्’ भन्ने मनोविज्ञान प्रचण्ड, बाबुराममा व्याप्त भएको थापा अनुभूत गर्थे । राजासँग कुरा नमिलेपछि माओवादी एमालेसँग तालमेलमा लागेको थापाले देखे ।
‘निर्वाचनको दुई हप्ता पहिलासम्म पनि एमालेसँग तालमेलको लागि रोइकराइ गरिरहेको हामीले देखेकै हो,’ थापाले भने, ‘एमालेले ४० प्रतिशत सिट पनि दिन नमानेपछि माओवादी एक्लै चुनावमा होमिएको हो ।’
निर्वाचनमा माओवादी आफैंले नचिताएको सफलता पायो । पहिलो पार्टी भयो ।
२०६५ जेठ १५ गते गणतन्त्र आयो । राजा नारायणहिटी छोडेर नागार्जुन गए ।
थापा सम्झन्छन्, ‘त्यसपछि पनि गिरिजाप्रसाद कोइरालाले सत्ता छाड्न आनाकानी गरे ।’
भारत कांग्रेस, एमालेलाई उकासेर गिरिजाप्रसादको काम चलाऊ सरकार लम्ब्याइरहेको ठहर माओवादीको थियो । आफ्नो साइज भारतलाई चित्त नबुझेको प्रचण्ड–बाबुरामलाई लाग्थ्यो ।
राजासँग तुहिएको प्रस्ताव ब्युँताउन उनीहरू फेरि कस्सिए । त्यसबेला पनि थापालगायत नै सुत्र थिए ।
यसपाला बाबुरामभन्दा प्रचण्ड अघि सरेर बोले, ‘निर्वाचित भएर मात्र केही नहुँदो रहेछ, निर्णायकत्व अन्तै गयो ।’
संविधानसभा भइसकेर गणतन्त्र आइसकेको अवस्थामा राजा फर्कन सजिलो थिएन । थापाका अनुसार तैपनि माओवादीले राजाको पिछा छाडेन । ‘राष्ट्रियता बचाउन पनि हामी र राजा एकठाम उभिनुपर्ने भयो,’ प्रचण्डले थापाहरूसँग भने ।
आफ्नो कार्ययोजनामा राजालाई विश्वस्त बनाउन प्रचण्डले १२ बुँदेभन्दा अघिको प्रसंग पनि स्मरण गराएका थिए । प्रचण्डका अनुसार राजासँग सम्झौताको गुञ्जासय रहोस् भनेर नै माओवादीले भदौदेखि मंसिर (२०६२ साल) सम्म एकतर्फी युद्धविराम गरेका थिए ।
‘हामीले एकतर्फी युद्ध रोक्दा पनि राजाले सुनुवाइ नगरेपछि दलहरूसँग १२ बुँदे गर्नैपर्ने बाध्यता आएको हो,’ माओवादी नेताहरूले २०६५ जेठ÷असारमा थापासँग भनेका थिए, ‘हामी नेपालमा कुनै न कुनै स्वरूपको राजतन्त्र पुनस्र्थापना गर्न चाहन्छौं ।’
माओवादीबाट आएको यस्तो प्रस्तावले केही राजावादीहरू उत्साहित पनि भए । ‘हामीले पूर्वराजालाई माओवादीको प्रस्तावबारे जानकारी गरायौं,’ थापाले भने,
‘राजाबाट माओवादी चाहेको राजतन्त्र कस्तो हो भनेर सोधनी भयो ।’
‘आलंकारिक,’ बाबुरामले थापासँग भने ।
मुलुकमा गणतन्त्रको माहोल छ । राजतन्त्रको कुरा गर्दा आमजनमानसको प्रतिक्रिया कस्तो होला ? दरबारियाहरूलाई पत्यार लागेन ।
जनमत टेस्ट गर्ने अभिप्रायले बाबुरामले सार्वजनिक रूपमै बोले, ‘हामीलाई सांस्कृतिक राजा अमान्य छैन ।’
त्यसपछि पनि राजा माओवादीसँग साँठगाँठ गर्न नकस्सिएको थापाको दाबी छ ।
राजाले विश्वासपात्रहरुलाई होमवर्क दिए, ‘माओवादीले चाहेको राजतन्त्रको डिटेल कस्तो हो, लिखित नै लिनू ।’
माओवादी नेताहरू लिखित दिन अन्कनाए । आफूहरूलाई विश्वास गर्न अनुरोध गर्न उनीहरूले मौखिक जवाफ दिए, ‘कम्बोडियमा पनि कम्युनिष्टहरुले नै राजतन्त्र फर्काएको हो ।’
कम्बोडियामा खमेरुजले लाखौंको नरसंहार गरेर कम्युनिष्ट शासन स्थापना गरेपछि राजालाई गद्दीमा फर्काएको थियो ।
खमेरुज मोडेलमा झन् ठूलो रक्तपात र जनधनको क्षति हुने विश्लेषण नागार्जुनको रह्यो । यो प्रस्ताव पनि ज्ञानेन्द्रले मानेनन् ।
भने, ‘नो एलाइन्स विथ माओइस्ट टु रिभाइभ मोनार्की ।’
- setopati.com
file a case against baburam in Australia as for colonel lama in UK
हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ|
हाम्रो ज्ञाने हाम्रो देश प्राण भन्दा प्यारो छ|
Why are we begging his Highness? He did what the people of Nepal wanted, so when we can come down on the street to overthrow him can we not take a step to bring him back should we really feel the need? Hence, we should stop troubling him and if we have made this realization then why not show the whole world what we want. Previously also i have personally felt that we should wake up before its toooooo late.
Please for the sake of the Nation and our pride please wake up.
Regards
अव हामी युवाले एकजुट भएर देश विकासमा सेवा दिनुपर्दछ । अवको क्रान्ति मनोक्रान्तिसँगै आर्थिक क्रान्ति हुनेछ । हामी वारम्वार अनेकौं विदेशी दलालीका भतुवाहरुले देशलाई लुटेर खाएको टुलुटुलु हेर्न सक्दैनौं तसर्थ अव हामीलाई ती महान देशभक्त जसले देशलाई २५० वर्ष अगाडी एकत्रित बनाएर विशाल साम्राज्य वेलायतदेखि अनेकौं साम्राज्यवादी देशवाट जोगाएर राखेका ती हाम्रा पुर्व वडामहाराजदेखि महाराजहरु नै देशप्रति लोयल रहेछन् भन्ने कुरा इतिहासले देखाइसकेको छ । अव हाम्रो युवा अभियानमा करिव ७००० युवाहरु समाहित भैसकेका छन् हाम्रो विधान पनि आइसकेको छ । हामीले आफ्नो स्वार्थ त्यागेर देश विकासमा जानुको विकल्प छैन । युरोपको विकास र पुर्व इतिहासले हामीलाई सिकाएको अनुभव यही हो । जय नेपाल ,।
महेन्द्र पौडेल
राजाको हरेक सवारीमा जनताको सहभागिता उत्साहजनक छ, तर यो तरिकाले जयजयकार गरेर मात्र राजसंस्था फर्कदैन……
राजसंस्था फर्काउने कामलाई मुर्तरुप दिन राजाले नै पहल गर्नुपर्दछ अनि जनताले साथ दिनुपर्दछ।
गाउँ गाउँको जनताको असन्तुस्टी तथा राजसंस्था प्रतिको आस्थालाई काठमाडौँमा शक्तिमा बदलि राजसंस्थालाई स्थापित गर्ने कामलाई मुर्तरुप दिने काम राजाको नै हो।
जसको लागि इमान्दार र सक्षम व्यक्तिको सुझाब,सल्लाह र सहयोग लिनुपर्ने हुन्छ।
एउटा निश्चित योजना/मार्गचित्र बनाइ राजसंस्थालाई पुनर्स्थापित गर्नको निम्ति केहि गोप्य छलफल र सहमतिको समेत आवस्यकता हुन्छ।
पुनर्स्थापनाको लगत्तै केहि राहतका कार्यक्रमहरु ल्याई असन्तुस्ट पक्षलाई समेत चित्त बुझाउने काम गर्नुपर्दछ।
तर त्यसको निम्ति पुरानै व्यक्तिमात्र सक्षम छन् भन्ने भ्रमबाट राजा पनि मुक्त हुनुपर्दछ।
सबै कुरा सार्बजनिक ठाउँमा राख्न नमिल्ने पनि हुनसक्छ त्यसैले………………………..
सन्तोष भुषाल
गैंडाकोट, नवलपरासी
-
Santosh Bhusal
Gaindakot, Nawalparasi
9845151489
His Majesty King Mahendra’s visit to the United States
जनतासंग विचारको आदानप्रदान गर्ने सरकारको कदम स्तुत्य छ ।